सडक दुर्घटनामा बैतडीका एक युवकको भारतमा मृत्यु


बैतडी–बैतडी घर भएका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको दशरथथचन्द नगरपालिका–१ गुरुखोला बन्तड घर भएका २६ बर्षीय दिनेश भट्टको मृत्यु भएको हो ।

रोजगारीको सिलसिलामा भारतको चेन्नइमा रहेका भट्टको गाडीले ठक्कर दिँदा मृत्यु भएको उनका आफन्त भुवनराज भट्टले बताए । अस्ती आइतबार उनलाई गाडीले ठक्कर दिएर मृत्यु भएको बताइएको छ ।

२०७३ सालदेखि रोजगारीका लागि भारतमा रहेका भट्टको निधन भएपछि उनका आफन्त भारतको चेन्नइ पुगेका छन् ।

दशैंको मुखका दिनेशको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया