बनमा लागेको डढेलो निभाउन गएका वृद्धको जलेर मृत्यु


गोरखा – आरुघाट गाउँपालिका-७ स्थित सातदोबाटो सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ।

सामुदायिक बनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा गए राति स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

दिउँसोदेखि नै सल्किएको डढेलोले जङ्गल छेउमा रहेको विद्युतको फ्युज बक्समा आगलागी भएर आगो लागेपछि राति अन्य स्थानीयवासीसँगै आगो निभाउन गएका मगरको जलेर मृत्यु भएको दाहालले बताए। अन्दाजी १३र१४ वर्षका अन्य चाररपाँच जना स्थानीय बालबालिकासँगै मृतक मगर राति डढेलो निभाउन गएको थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सन्तबहादुर लामाको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र पठाइएको उनले जानकारी दिए।

 

प्रतिक्रिया