‘बहुमत बाँकी नै छ, ६३ सिट जितेको कांग्रेसले कसरी अविश्वासको प्रस्ताव राख्ने ?’


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले यस्तो बताएका हुन् । नेता सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको खेल सुरु हुने बताए । उनले माओवादीले समर्थन गर्दासम्म यो सरकार बहुमतकै रहने बताए ।

उनले अघि भने, ‘बहुमत बाँकी नै छ भने ६३ सिट जितेको कांग्रेसले कसरी अविश्वासको प्रस्ताव राख्ने ?’ माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने सरकारले विश्वासको मत लिनुपर्ने र त्यो बेला कसले कसलाई समर्थन गर्छ भन्ने थाहा हुने बताए ।

प्रतिक्रिया