दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी


काठमाडाैं- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

उनलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने सर्वोच्चको राय छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)ले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया