ग्रिस उडे आईजीपी कुँवर, निमित्तको जिम्मेवारी राईलाई


काठमाडाैं- प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर ईन्टरपोलको महासभामा भाग लिन ग्रिसतर्फ प्रस्थान गरेका छन् ।

लागुऔषध ओसारपसार एवं नियन्त्रणसम्बन्धी कार्यशालामा भाग लिन कुँवर आइतबार बिहान ग्रिस उडेका हुन् । उनी असोज १५ गतेस्वदेश फर्कने कार्यक्रम रहेको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनी उता गएपछि प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया