पठाओ चालकको मोबाइल उडाएपछि…


काठमाडौं-  पठाओ चालकको मोबाइल चोरी गरेको आरोपमा बनेपाबाट दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय प्रकाश महत र ३३ वर्षीय युवराज महत छन् ।

काठमाडौं र भक्तपुरबाट काभ्रेपलान्चोक जान पठाओ बुक गरेर बनेपा पुगेपछि आरोपीहरूले पठाओ चालकलाई खाजा खान लैजाने र खाजाको बिल र पठाओ भाडा ‘क्युआर मार्फत पठाइदिन्छौँ’ भनेर इन्टरनेट नचलेको बहानामा खाजा घर बाहिर निस्केर मोबाइल लिएर भाग्ने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।

आरोपीहरूलाई चोरीको मोबाइलसहित पक्राउ गरेर ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

प्रतिक्रिया