सरकार र प्रहरीलाई ३२ महिने पेचिलो प्रश्न– कहाँ छन् निर्मलाका बलात्कारी हत्यारा?

राजनीतिक सभामा गृहमन्त्री थापाले पक्राउ गर्ने भनेकै ३४ दिन कट्यो


काठमाडौं– ‘बैतडीकी भागरथी भट्टको हत्यारा पत्ता लगाउन सफल भएकोमा नेपाल प्रहरीलाई बधाई। अब कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पनि चाँडै पत्ता लाग्छ’, ८ फागुनका दिन विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सभामा गृहमन्त्री रामबहादुर थापा बादलले भनेका थिए,‘निर्मलाको हत्यारा, त्यो बलात्कारी पनि हाम्रो कानुनको नजिक छ। चाँडै सफल हुन्छौं। वर्तमान सरकारले कुनै पनि अपराधीलाई छुट दिँदैन।’

त्यसअघि पनि निर्मलाका बुबाआमाले गृहमन्त्री थापालाई भेटेर आफ्नी छोरीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए। उनीहरूले गृहमन्त्री थापालाई भेट्दा न्यायको आशा पलाएको बताएका थिए। तर, पछिल्लो समय निर्मलाका बुबाआमाले छोरीको हत्यामा संलग्न व्यक्तिहरूलाई पत्ता लगाइ छाड्ने गृहमन्त्री बादलको आश्वासनबाट विश्वस्त हुन नसक्ने बताउँदै आएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३२ महिना पूरा भएको छ।

१० साउन २०७५मा घरबाट साथीकोमा पढ्न भनेर गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो। यस अवधिमा जिल्लाका प्रहरी प्रशासनको नेतृत्व परिवर्तन भयो। विभिन्न छानबिन समितिहरू गठन भए तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।

३२ महिनाको लामो कालखण्ड बित्दासम्म पनि अपराधी को वा को–कोबाट निर्मलाको बलात्कार र हत्या भएको हो? किन हत्याराको पहिचान हुन सकेन? त्यो केही पनि खुलेको छैन।

गृहमन्त्री थापाले निर्मलाको घटनामा त्यसो भनिरहँदा देशको बागडोर सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनिरहेका थिए। के गृहमन्त्री थापाले भने जस्तो निर्मलाको हत्यारा पहिचान भइसकेको हो? यदि पहिचान भइसकेको हो भने किन सार्वजनिक गरिँदैन?

गृहमन्त्री थापाले भागरथीको हत्यारा पत्ता लागेसँगै अब निर्मलाको पनि हत्यारा पत्ता लागाई कारबाही गर्ने सार्वजनिक घोषणा गरेको एक महिना ४ दिन बितेको छ।

गृहमन्त्री थापाले निर्मलाको घटनामा त्यसो भनिरहँदा देशको बागडोर सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनिरहेका थिए। के गृहमन्त्री थापाले भने जस्तो निर्मलाको हत्यारा पहिचान भइसकेको हो? यदि पहिचान भइसकेको हो भने किन सार्वजनिक गरिँदैन?

यस अवधीमा यस्ता प्रश्नहरू थुप्रै पटक नउठेका होइनन्। अन्तर्राष्ट्रिय चासोको विषय बनेको ‘निर्मला बलात्कार हत्या प्रकरण’ मा सरकार किन गम्भीर बन्दैन? निर्मलाको जस्तै घटनाहरू समाजमा थुप्रै भएका छन्। सोही प्रकृतिको घटना मध्ये एक हो – भागरथी हत्या प्रकरण।

निर्मलाको लागि न्याय माग्नेहरू पनि भागरथीको लागि न्याय माग्दै सडकमा निस्के। स्थानीयहरूले प्रदर्शन गरे। प्रहरी र स्थानीयबीच झडप पनि नभएको होइन। तर सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदी आफैं घटनास्थल पुगेर घटनाको अनुसन्धान सुरु गरे। अन्ततः उक्त घटनामा सफलता हात पारे।

नेपाल प्रहरीले चाहेको अवस्थामा अपराधीलाई उम्कन दिँदैन भन्ने कुराको प्रमाण भागरथी घटना हो। दक्षिण एसियाली मुलुकमा समेत नेपाल प्रहरीको अनुसन्धानको तारिफ हुन्छ। त्यसो भए निर्मला घटनामा प्रहरीको नै केही त्रुटि भएको हो त?

भनिन्छ – नेपाल प्रहरीका केही कर्मचारीको घटनास्थलमा त्रुटी छ। आखिर के हो त्यस्तो जघन्य अपराधको घटनामा प्रहरीको त्रुटी?

घटनाको २१ दिनपछि प्रहरीले दिलिपसिंह बिष्टलाई घटनाको मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको थियो। निर्मला प्रकरणमा प्रहरीले मुख्य अभियुक्त सार्वजनिक गरेदेखि नै प्रहरीमाथि शंका उपत्पन नभएको होइन।

शंकाले नै कञ्चनपुरमा आन्दोलनको आगो बाल्यो। प्रहरीले आफ्नो गल्ती लुकाउन मान्छे मार्नसमेत पछि हटेन। दिनदिनै प्रहरीको अनुसन्धानको विरोधमा निस्कने प्रर्दशन झडपमा परिणत हुन पुग्यो। प्रहरीले चलाएको गोली लागि एक किशोरको मृत्यु समेत भयो।

‘घटनामा प्रहरीको गम्भीर लापरबाही देखियो। घटनालाई तोडमोड गर्ने प्रहरीले फर्जी औंठा छाप लगाउन समेत पछि परेन,’ ११ असोज २०७५ मा बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले भनेका थिए।

‘छानबिन गर्दा सुरुमा प्रहरी अनुुसन्धानमा लापरबाही भएको पाइएको छ। प्रहरीको लापरबाहीले घटनास्थलमा प्रमाण नष्ट भएको समितिको निष्कर्ष छ,’ गृहमन्त्री थापाले गठन गरेको समितिको प्रतिवेदनमा उल्लेख छ।

निर्मलाको हत्यारालाई कानुनी कठघरामा ल्याउन नसक्नुमा खनाल पनि चुके। त्यसपछिका आईजी ठाकुर ज्ञवालीले त झनै निर्मला घटनाको फाइल नै पल्टाएनन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहँदा ज्ञवालीकै नेतृत्वमा टोली कञ्चनपुर पुगेर अनुसन्धान गरेको थियो।

स्थानीयले आन्दोलन चर्काउँदा अवस्था हिंसात्मक बनेपछि गृहमन्त्री थापाले ८ भदौमा गृह मन्त्रालयका तत्कालिन सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए।

उक्त घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो। छानबिन समितिलाई १५ दिनको म्याद दिइएको थियो।

के त्यसो भए प्रहरी अनुसन्धान फितलो भएको कारण हत्यारा पत्ता नलागेको हो? नेपाल प्रहरीका तत्कालिन महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाल भन्छन्,‘प्रहरीको त्रुटि देखिए पनि अनुसन्धान फितलो भएको होइन।

निर्मलाको हत्यारालाई कानुनी कठघरामा ल्याउन नसक्नुमा खनाल पनि चुके। त्यसपछिका आईजी ठाकुर ज्ञवालीले त झनै निर्मला घटनाको फाइल नै पल्टाएनन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहँदा ज्ञवालीकै नेतृत्वमा टोली कञ्चनपुर पुगेर अनुसन्धान गरेको थियो।

ज्ञवालीपछि आईजी भए शैलेश थापा क्षत्री। क्षेत्रीको कार्यकाल अझै एक वर्षभन्दा बढी छ। के निर्मला प्रकरण सुल्झाउन सक्लान् क्षेत्रीले? यो अहिले नेपाल प्रहरीको नेतृत्व गर्नेका लागि पेचिलो प्रश्न बनेको छ भने सुदूरपश्चिम प्रहरीको कमान्ड सम्हाल्न जानेका लागि चुनौति।

यो पनि पढ्नुहोस्

निर्मला पन्त प्रकरणमा ‘फँसेका’ एसपी दिल्लीराज यसरी काममा फर्किए

प्रचण्ड–नेपाल भन्छन् – भागरथी भट्टको हत्या पनि निर्मला पन्त प्रकरणमा जस्तो नहोस्

 

प्रतिक्रिया