धनगढीमा चालकमाथि हतियार प्रहार प्रकरणमा तीन जना पक्राउ, एक फरार


कैलाली- कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सह–चालकहरुमाथि धारिलो हतियार (खुँडा) प्रहार गरेकाे आरोपमा  तीनजना पक्राउ परेका छन् ।

हिजाे राति साे समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सह–चालक अनिल देउवा भएका घाइते थिए । दुवे जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका ट्यांकर पार्किङको विषयमा दुई पक्षबिच विवाद हुँदा आक्रमण र तोडफोड भएको थियो । दुई जनालाई राति नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । एक जनालाई भने आज मात्र पक्राउ गरिएको छ। पहिचान भएका एक जना फरार छन्।

आज विहान ३ः३० मा सो घटनामा विवाद उत्पन्न गराउने ट्याङ्कर सह–चालक डोटीको जोरायल गाउँपालिका–१ का १८ वर्षीय विक्रम मल्ल र शिलगढी नगरपालिका–३ का १९ वर्षीय अरुण बोगटीलाई प्रहरी नियन्त्रणमा लिएको छ । त्यसपछि विहान १०ः३० बजेको समयमा कुटपिटमा संलग्न धनगढी उपमहानगरपालिका–२ करिब १६ वर्षीय डोरेमन भन्ने पुष्कर धामीलाई पक्राउ गरेर अहिले अनुसन्धान भइरहेको छ । घटनामा संलग्न धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २३ वर्षीय मुस्कान सिंह भने फरार छन् ।

शनिबार राति धनगढी–२ रोड हाउस क्याफे नजिकै ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३२७ नम्बर बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय ट्याङ्कर चालक हरेन्द्र देउवा र सह–चालक गोदावरी नगरपालिका–४ का २२ वर्षीय अनिल देउवामाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया