

सशस्त्रका ३ एआईजीको सरुवा, पौडेललाई कार्य विभागको जिम्मेवारी

काठमाडौं — सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी)को सरुवा भएको छ ।
हालै बसेको मन्त्रीपरिषद्ले सशस्त्रका एआईजीको सरुवा गरेको हो ।
सीमा सुरक्षा विभागमा रहेका सशस्त्र एआईजी नारायणदत्त पौडेललाई कार्य विभागमा सरुवा गरिएको छ भने कार्यविभागका वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ ।
त्यस्तै मानव स्रोत विभागका एआईजी चन्द्रप्रकाश गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

