डिपोभित्रै आयल निगमका कामदार बर्माको हत्या


जनकपुरधाम — धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ ।

निगममा ज्यालादारी कामदारका रूपमा कार्यरत सिरहाको सिरहा नगरपालिका-३ मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको जनाइएको छ ।

आज बिहान साढे १० बजेतिर निगमकै कार्यालयभित्र भएको वादविवादमा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया