तीजको दर खाएका २ दर्जन बढी महिला बिरामी


रुपन्देही- रूपन्देहीको देवदहमा तीजको दर खाँदा ‘फूड पोइजन’ भई २ दर्जन बढी महिला बिरामी परेका छन् । देवदह-६ स्थित शिवालय टोलका विभिन्न महिला समूह मिलेर भदौं ६ गते दर खाएपछि उनीहरू बिरामी परेका हुन् ।

देवदह-६ का वडा अध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्नेलगायत स्वास्थ्य समस्या देखिएका छन् ।

बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको उनले बताए । ५ जनाको भने देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ५/६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् ।

उनीहरुमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको बताइएको छ । दर खाने कार्यक्रममा ३५ जना सहभागी थिए ।

 

प्रतिक्रिया