
रुसी सेनामा ६१ नेपालीले गुमाए ज्यान
काठमाडौं- रुस–युक्रेन युद्धमा हालसम्म ३९ जना नेपालीहरू मारिएको आधिकारिक रूपमा पुष्टि भइसकेको छ।
तर, पछिल्लो समय रुसले मस्कोस्थित नेपाली राजदूतावासलाई युक्रेनसँगको युद्धमा मारिएका थप २२ नेपालीको डीएनए परीक्षण भइरहेको जानकारी गराएको छ।
डीएनए परीक्षणबाट पुष्टि भएपछि रुसले यससम्बन्धी जानकारी नेपाली पक्षलाई दिने गर्छ । त्यसपछि उनीहरूको मृत्यु भइसकेको आधिकारिक जानकारी सार्वजनिक गरिन्छ ।
अहिले डीएनए परीक्षण हुँदै गरेका सैनिकहरू सबै नेपाली रहेको पुष्टि भए रुस–युक्रेन युद्धमा मारिने नेपालीहरूको संख्या ६१ पुग्नेछ ।
मृत्युको आधिकारिक पुष्टि भएका ३९ नेपालीबाहेक ६ जना नेपालीहरू युक्रेनको कब्जामा छन् ।
हालसम्म १ सय ७० जना नेपालीहरू रुसी सेनाबाट स्वदेश फिर्ता भइसकेका छन् र केही नेपालीहरू फिर्ता हुने प्रक्रियामा छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार यो संख्या मस्कोस्थित नेपाली राजदूतावासबाट आवश्यक कागजात बनाएर फिर्ता हुनेहरूको आधिकारिक तथ्यांक हो ।



कागजपत्र |
