कैलालीमा १५ सय घर डुवानमा


धनगढी – मंगलबार रातिदेखि अविरल वर्षाका कारण कैलालीमा १५ सय भन्दा बढी घर डुवानमा परेका छन् ।

कान्द्रा र मोहना नदीमा पानीको बहाव उच्च भएर बस्तीमा पस्दा नदी किनारका धेरै घरहरु डुबानमा परेका छन् । साना खोलाहरुमा पनि बाढी आउँदा वरपरका घरहरु डुवानमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जिल्लाका विभिन्न स्थानीय तहमा १५ सय भन्दा बढी घर डुबानमा परेको जानकारी दिए । घर डुबानमा परेपछि त्यहाँ बसोबास गर्दै आएका साढे चार हजार मासिन प्रभावित भएका छन् ।

प्रभावितहरुलाई अहिले स्थानीय स्तरमा रहेका सामुदायिक विद्यालयमा व्यवस्थापन गरी राखिएको छ भने घरमा पसेको पानी सुक्न थालेपछि धेरैजसो मानिस घर फर्किन थालेको पनि प्रशासनले जनाएको छ ।

 

प्रतिक्रिया