सहकारी छानबिन विशेष समितिले रवि लामिछानेलाई सोधपुछ गर्न बाेलायाे


काठमाडौं- सहकारीको बचत अपचलन, हिनामिना र ठगीको  छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

लामिछानेलाई भोलि शुक्रबार सोधपुछका लागि बोलाइएको समिति संयोजक सूर्य थापाले बताए ।  दिउँसो २ बजे लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ । ती सहकारीबाट उनले करोडौ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ ।

प्रतिक्रिया