भारतको औषधि कारखानामा विस्फोट: हालसम्म १७ जनाको मृत्यु


नयाँ दिल्ली – भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको एउटा औषधि बनाउने कारखानामा बुधबार विस्फोट भएको थियो । अनाकापाल्ली जिल्लामा रहेको इसाइन्शिया एड्भान्स्ड साइन्सेजको कारखानामा विस्फोट भएको हाे ।

सो विस्फोटमा परेर अहिलेसम्म १७ जनाको मृत्यु भएको राज्यका एक वरिष्ठ अधिकारीले बताएका छन् । यस घटनामा करिब ४० जना घाइते भएका थिए ।

यस मामिलामा इसाइन्सियाले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो समाचारमा भनेको छ ।

सरकारी अधिकारीहरूले भने कारखानाभित्र रहेको केमिकल रियाक्टरमा विस्फोट भएको आशंका गरेका छन् ।

प्रतिक्रिया