बंगलादेशविरूद्ध पहिलो हाफमा नेपाललाई २-१ गोलको अग्रता


काठमाडौं- साफ यु-२० च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले पहिलो हाफमा २-१ को अग्रता कायम राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो । तर बंगलादेशले पहिलो हाफमै पेनाल्टीमा एक गोल फर्कायो ।

नेपाल र बंगलादेश दुवै टोली यसअघि नै सेमिमफाइनलमा पुगिसकेका छन्। दुवैले पहिलो खेलमा श्रीलंकालाई हराएका थिए। आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ।

प्रतिक्रिया