एसएसबीका महानिर्देशक चौधरी नेपाल आउँदै


काठमाडाैं- भारतीय सीमा सुरक्षा बल सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक दलजितसिंह चौधरी नेपाल भ्रमणमा आउने भएका छन् । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालको निमन्त्रणामा उनी नेपालको तीनदिने औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

उनी भदौ ५, ६ र ७ गते काठमाडौंमा हुने सीमा सुरक्षासम्बन्धी आठौं बैठकमा भाग लिन आउन लागेकाे बताइएकाे छ ।

नेपाल र भारतमा आलोपालो आयोजना हुने सीमा सुरक्षासम्बन्धी बैठक यस पटक नेपालले आयोजना गर्दै छ । सातौं बैठक भारतमा आयोजना भएको थियो । बैठकमा सीमा अपराध, अवैध चोरी निकासी, मावन तस्करी नियन्त्रणसहितका विषयमा छलफल हुने छ ।

 

प्रतिक्रिया