दार्चुलामा जुवाखालबाट दुई वडाध्यक्षसहित ६ जना पक्राउ
दार्चुला- दार्चुलामा जुवाखालबाट दुई वडाध्यक्षसहित ६ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, दुहुँ गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खलंगा तिंकरखेडामा रहेको बडाल फास्टफुडको चौथो तल्लाबाट उनीहरूलाई नगदसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन सिंह महरा, नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण सिंह धामी, दुहुँ गाउँपालिका वडा नम्बर ५ का देबराम पार्की, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का निरज धामी, नौगाड गाउँपालिका वडा नम्बर १ का जनक ठेकरे र होटल संचालक जनक बडाल रहेका छन् ।
प्रहरीले पक्राउ गरिएको स्थानबाट १ लाख २४ हजार ८८० नगद र २ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखी कानूनी कारबाही अगाडि बढाइएको जनाइएको छ ।