पूर्वमन्त्री शर्मालाई मातृशोक


देउखुरी – प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ ।

पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा आज बिहान आफ्नै निवास घोराही -१८ मसिनामा निधन भएको हो ।

उनको आजै कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ ।

प्रतिक्रिया