एक्सनमा नागरिक उड्डयन, अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरको उडानमा प्रतिबन्ध

सौर्य एयरलाइन्सको एओसी निलम्बन


काठमाडौं – नेपाली आकाशमा लगातार दुर्घटनाको क्रम बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) एक्सनमा उत्रिएको छ ।

क्यानले सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर न्यून भएका दुई होलिकोप्टर कम्पनीलाई प्रतिबन्ध लगाउँदै थप एक्सनमा उत्रिएको आभाष दिलाएको छ ।

प्राधिकरणले अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले उडानमा प्रतिबन्ध लगाउँदै दुवै कम्पनीको उडान सञ्चालन प्रमाणपत्र (एओसी) समेत निलम्बन गरेको छ।

सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादर अति नै न्यून भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउँदै एओसी निलम्बन गरेको हो।

अन्नपूर्णसँग एउटा मात्र हेलिकोप्टर रहेको छ भने एकवर्षदेखि उडानमा नरहेको मुस्ताङसँग दुईवटा हेलिकोप्टर रहेको छ।

यसैगरी प्राधिकरणले सौर्य एयरलाइन्सको एओसीसमेत निलम्बन गरेको छ। दुईसाता अगाडि काठमाडौंबाट सी–चेकका लागि पोखरा लैजाँदै गर्दा सौर्यको जहाज काठमाडौं विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए।

पछिल्लो १५ दिनमा नेपाली आकाशमा दुई ठूला दुर्घटना भएपछि क्यान हवाई उडानलाई थप सुरक्षित र विश्वसनीय बनाउन लागि परेको छ ।

प्रतिक्रिया