सशस्त्र प्रहरीको टोलीद्वारा गोरखा र चीन सीमानाको अनुगमन


गोरखा – गोरखामा रहेको सशस्त्र प्रहरीको टोलीले गोरखा र चीनको सीमानाको अनुगमन गरेको छ ।

गत चैत दुई गते सदरमुकामबाट सीमातर्फ प्रस्थान गरेको एलआरपी(लङरेञ्ज पेट्रोलिङ) टोलीले सीमा क्षेत्रको आठदिने गस्ती गरी फर्केको हो ।

डिएसपी राजेन्द्र अधिकारी नेतृत्वको १७ जनाको सशस्त्र प्रहरी टोलीले गोरखाको चुमनुब्री गाउँपालिका ७ छेकम्पार र तिब्बतको जोङ्गा जिल्लाको सीमानामा पर्ने थाप्ला भञ्ज्याङको ३९ नम्बर सीमास्तम्भसम्म पुगेर फर्केको डिएसपी अधिकारीले जानकारी दिए ।

कोभिडका कारण एक वर्षदेखि सीमामा आवतजावत ठप्प रहेको पाइएको उनले बताए । साथै सीमानाको चाइनातर्फको झण्डा ठूलो, आकर्षक रहेको तर नेपालतर्फको झण्डा झुत्रिसकेको र नयाँ झण्डा फेर्नुपर्ने पाइएको उनले बताए ।

प्रतिक्रिया