आफूलाई ‘प्रहरी’ भन्दै रकम असुली गर्ने रमेश पक्राउ


रौतहट – सादा पोसाकको ‘प्रहरी हुँ’ भन्दै रकम असुली गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहट माधवनारायण नगरपालिका १ बस्ने २४ वर्षीय रमेश साह रहेका छन् ।

साहले सर्वसाधारणसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिहरूको जिउ खानतलासी समेत गर्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा उनको झोला भित्र सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोसाक समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीमाथि अभद्र व्यवहार मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया