बैतडीमा महिलामाथि जबरजस्ती गर्न खोज्ने हेडसर पक्राउ


बैतडी–जबरजस्तीकरणी उद्योगको आरोपमा एकजना प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका १ स्थित भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायतलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय ४० वर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

जिल्ला अदालत बैतडीबाट सात दिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया