भारतको पुणेमा विस्फोट हुँदा नेपालीको मृत्यु


पुणे-भारतको पुणेस्थित माभल तालुकाको एक निर्माण कम्पनीमा विस्फोट हुँदा २२ वर्षीय नेपाली युवकको मृत्यु भएको छ । अजयकुमार बजरंगीप्रसाद मौर्य नामका ती युवक भेइकलका स्पेयर पार्ट्स बनाउने उक्त निर्माण कम्पनीको पारण्डवादीस्थित कार्यालय परिसरमा बस्दै आएका थिए ।

गएको बिहीबार खाना पकाउन स्टोभको चुल्हो बाल्न उनी केही केमिकल प्रयोग गरिरहेका थिए । त्यसक्रममा त्यो पदार्थ पड्किएको थियो ।

विस्फोटबाट उनी गम्भीर रूपमा जलेका थिए । अस्पतालमा सर्जरी भइरहेकामा शनिबार उनको मृत्यु भएको हो । मृतक नेपालीकाे ठेगाना खुलाइएको छैन

 

प्रतिक्रिया