सुनको मूल्यले बनायो नयाँ रेकर्ड


काठमाडौं-  नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ । आइतबार तोलामा १ हजार ७८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया