ठूला दल सरकारमा भएकोले धेरैलाई निरङ्कुशता जन्मिने शंकाः शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दल सरकारमा भएकोले निरङ्कुशता जन्मिने शंका धेरैलाई रहेको बताएका छन्।

प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा रहेकोले धेरैलाई निरङ्कुशता जन्मिने शंका पनि रहेको बताए।

नेता कोइरालाले भने,‘सरकारमा कमीकमजोरी देखिएका खण्डमा आवाज बुलन्द गर्नुपर्छ । दुई ठूला दल सरकारमा छन्, कांग्रेस र एमाले । दुई ठूला दल सरकारमा भएपछि निरङ्कुशता जन्मिने पनि त्यत्तिकै शंका छ धेरैलाई। गल्ती गरेको छ र हामीले आवाज उठाउन सक्यौं भने सरकार ठिक ट्र्याकमा हिँड्छ।’

नेता कोइरालाले कांग्रेस-एमाले सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने बताए। राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएको नेता कोइरालाको भनाइ छ।

कांग्रेस र एमाले मिलेर बनाएको सरकारलाई टिकाएर लैजानुपर्ने पनि उनले बताए।

 

प्रतिक्रिया