पद्मश्री साहित्य पुरस्कारका लागि छानिए यी ५ उत्कृष्ट पुस्तक


काठमाडौं – यस वर्षका लागि पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तक छनोट गरिएको छ ।

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएकोमा यस वर्षका लागि ५ पुस्तकको नाम सार्वजनिक गरिएको हो ।

छनोट गरिएका पुस्तकमा कृष्ण गौतमको अद्वैत (उपन्यास), सानु शर्माको अर्को देशमा (कथा संग्रह), रोशन शेरचनको गल्ली संसार (निबन्ध), कुमार नगरकोटीको जोगियाना (संस्मरण) र गोविन्द प्रसाद कुसुमको भृकुटी (उपन्यास) रहेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाए ।

लामिछानेले चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त पुस्तकमध्येबाट पुरस्कार चयन समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकको उत्कृष्ट विस्तारित सूची ९लङ्ग लिस्ट० सार्वजनिक गरिएको जनाए ।

त्यसपछि दोस्रो चरणको विस्तारित सूचीका १५ पुस्तकमध्येबाट पाँच पुस्तकलाई पद्मश्री उत्कृष्ट पुस्तक ९संक्षिप्त सूची० निर्णायक मण्डलको सिफारिस बमोजिम गरिएको पनि उनले जनाए ।

प्रतिक्रिया