महामन्त्री शर्माको माग: गिरीबन्धुमा कसैले छुट पाउनुहुन्न


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु चिया प्रकरणमा कसैले छुट नपाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले गिरीबन्धु चिया प्रकरणमा कसैले छुट नपाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘गिरीबन्धुमा कसैले छुट पाउनुहुन्न । नक्कली भुटानी शरणार्थी पनि त्यहीँ हो । जुनबेला फाइल खुलेको थियो त्यो बेला कांग्रेस र माओवादीको सरकार थियो । निवर्तमान गृहमन्त्री रवि लामिछानले बिदा हुने बेलामा रमाइलो झुट बोल्नुभयो । कुनै फाइल खोलेको २४ घण्टामा सरकार ढालियो भनेर मिठो भ्रम दिनुभयो । त्यो केवल गलत थियो ।’

प्रतिक्रिया