
रौतहटमा जन्ती बोकेको जिप नहरमा खस्दा २ को मृत्यु
रौतहट — रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा-३ का रबिन्द्र पंडितकी ७ वर्षीया छोरी स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढिमाई ६ सिङगारमनबाट सर्लाहीतर्फ जन्ति बोकी जाँदै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा खसेको थियो ।
उक्त गाडीमा जम्मा १२ जना सवार सवार मध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानीय अस्पताल तर्फ उपचार गर्न पठाईएको प्रहरीले जनाएको छ। चालक भने फरार भएका छन्।



कागजपत्र |
