लुटिएको सुन खोजिदिने भन्दै साढे ८ लाख माग्ने पुलिस सीआईबीको हिरासतमा


काठमाडाैं- लुटिएको सुन खोजिदिने भन्दै पीडितबाट पैसा लिएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा दरबन्दी रहेका वरिष्ठ हवल्दार सुन्दर नेपालीलाई  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा लिएर अनुसन्धान गरिरहेकाे हाे ।

नेपालीले लुटिएको सुन फेला पारिदिने भन्दै एक जना पीडितबाट साढे ८  लाख रुपैयाँ लिएको गुनासो आएपछि सीआईबीले   १७ दिनअघि उनीलाई  पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा नेपालीले साढे दुई लाख रुपैयाँ लिएको स्वीकार गरेका छन् ।

सुन कसकाे र कति भन्नेबारेमा अनुसन्धान भइरहेकाे सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार सीआईबीले नेपालीविरुद्ध ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया