ओलीलाई प्रधानमन्त्री बनाउने कांग्रेसको निर्णय, मार्ग प्रशस्त गर्न प्रचण्डलाई आग्रह


काठमाडौं — नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले पहिलो चरणमा नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज (बुधबार) बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया