मुखमा टेप लगाएर बैठकमा गएकोबारे यस्तो भन्छन् महामन्त्री मुकुल


काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पाटीको बैठक लाइभ नगरिएकाले आफू मुखमा कालो टेप लगाएर बैठकमा उपस्थित भएको स्पष्टीकरण दिएका छन् ।

उनले आफ्नो बोल्न पाउने अधिकार हनन भएकाले त्यसो गरेको उल्लेख गरेका छन् । ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भने ।

उनले आउँदो चुनावमा राष्ट्रिय पार्टी समेत नहुने खतरा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । उक्त प्रतिवेदनपछि पार्टीभित्रैबाट आलोचना खेपीरहेका ढकालले आफ्नो प्रतिवेदनमाथि छलफल गर्दा केन्द्रीय समिति बैठक लाइभ हुनुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया