![](https://kagajpatra.com/wp-content/uploads/2024/01/kshamadevi.gif)
दल नेता हटाएको जानकारी छैन,मन्त्री मै बन्छु : रञ्जिता श्रेष्ठ
![](https://kagajpatra.com/wp-content/uploads/2024/01/RanjitaShreathA-1674914159.jpg)
काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट आफूलाई हटाएकोबारे जानकारी नभएको प्रतिक्रिया दिएकी छन् ।
आइतबारमात्रै संसदीय दलको बहुमतले उनलाई संसदीय दलको नेताबाट हटाएको थियो । तर उनले यसबारे जानकारी नभएको बताइन ।
रञ्जिताले आफु नै संघीय सरकारमा मन्त्री बन्ने दाबी गरिन् ।
रञ्जितालाई दलको नेताबाट हटाएर गङ्गा चौधरीलाई नेता चयन गरिएको छ ।
प्रमुख सचेतक रहेका चौधरीलाई बहुमत सांसदले संसदीय दलको नेता चयन गरेका हुन् प्रमुख सचेतकमा पार्टीका संरक्षक रेशमलाल चौधरीका बुबा तथा रञ्जिताका ससुरा लालवीर चौधरी तोकिएका छन् ।
नाउपाका चार सांसदमध्ये गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई उक्त दल नेताबाट हटाएका हुन् ।
![](https://kagajpatra.com/wp-content/uploads/2023/08/small-V.gif)