नेपाल पक्षका सांसदबीच विवाद, प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा बालुवाटारतिर हिँडे केही


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने नजाने विषयमा नेता माधवकुमार नेपाल पक्षका सांसदबीच विहीबार विवाद भएको छ।

राष्ट्रिय भेला चलिरहेका बेला बोलाइएको एमाले संसदीय दलको बैठकमा केही नजाने भए भने केही भने जाने निर्णयमा पुगेका छन्। नेता नेपाल, झलनाथ खनालसहितका स्थायी समिति सदस्य समेत रहेका केही गएनन् भने केहीचाहिँ बैठकमा पुगी आफ्ना कुरा राख्न तयार भएर बालुवाटार हिँडेको बताइएको छ।

सानेपामा भेला भएका सांसद दिपकप्रकाश भट्टसहितको टोली भने बालुवाटार हिँडेको बताइएको छ। यसअघि नेता योगेश भट्टराईले बुधबार पत्रकार सम्मेलनका क्रममा सहभागी नहुने बताएका थिए।

केही सांसदले बालुवाटार जानुपर्ने धारणा राखेपछि नेता नेपालसहितले जाने भए गए हुन्छ भनेपछि टोली बालुवाटार लागेको बताइएको छ।

प्रतिक्रिया