आईपीओ निष्कासन तयारीमा रहेका यी दुई कम्पनीले बोर्डसँग मागे अनुमति


काठमाडौँ- बलेफी हाइड्रोपावर लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । यी दुई कम्पनीले प्रथम शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको हो ।

यी कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छन् । बलेफी हाइड्रोपावरले फागुन २५ गते र ग्रीन भेन्चर्सले फागुन २८ गते बोर्डमा निवेदन दर्ता गराएका हुन् । दुवै कम्पनीले आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेका हुन् ।

बलेफी हाइड्रोपवारले स्थानिय र सर्वसाधारणका लागि रू। ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता र ग्रीन भेन्चर्सले रू। ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेका हुन् ।

आईपीओ विक्रीका लागि दुवै कम्पनीहरुले विक्री प्रबन्धक समेत नियुक्त गरिसकेका छन् । बलेफी हाइड्रोपावरको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल र ग्रीन भेन्चर्स लिमिटेडको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया