ललितपुरमा व्यवसायीमाथि दिनदहाडै खुकुरी प्रहार


काठमाडौं- ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । भैसेपाटीका ४२ वर्षीय मनोज कुमार बानियाँमाथि शुक्रबार दिउँसो खुकुरी प्रहार भएको हो।

दिउँसो १२:४५ बजे दुईवटा मोटरसाइकलमा आएका चार जनाले बानियाँलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेसराज सुवेदीले बताए ।

खुकुरी प्रहारबाट व्यवसायी बानियाको हात, टाउको र हिपमा गहिरो चोट लागेको छ ।

उनको ललितपुर स्थित नेपाल मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ । बानियाँले गोदावरी ९ छेडामा बतासे कटेज निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया