

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा यादव, विद्युत नियमन आयोगको अध्यक्षमा धिताल

काठमाडौं- सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।
यस्तै सरकारले विद्युत नियमन आयोगकोे अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ । त्यसैगरी सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

