पर्सामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ


काठमाडौं–पर्साको वीरगंज महानगरपालिका–१० स्थित ब्ल्याक हावर क्याफेमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्याफे संचालक र   महानगरपालिका–१० बस्ने २४ वर्षीय रोसन मेहता सहित आठजना छन् ।

अस्थायी प्रहरी पोष्ट शिव पार्वती र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३१ हजार ६ सय ५५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया