

पुटिनले किम जोङलाई दिए ‘आउरूस’ कार, आफैं चलाएर ‘ड्राइभ’मा लगेको भिडियो भाइरल

काठमाडाैं- उत्तर कोरियाका नेता किम जङ उनको निम्तोमा प्योङ्याङ पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लक्जरी कार उपहार दिएका छन् । किमसँग करिब दुई घण्टा एक्लै कुराकानी गरेका पुटिनले उत्तर कोरियाली नेतालाई महँगो ‘आउरूस’ लिमजीन कार दिएका हुन् ।
मिडिया रिपोर्टका अनुसार पुटिनले त्यो लक्जरी कार उपहार मात्र दिएनन्, उनले किम जोङ उनलाई आफैं कार चलाएर ड्राइभमा पनि लगेका थिए । पुटिन आफैंले कार चलाएका थिए, भने किम जोङ उनको छेउमा को-ड्राइभिङ सिटमा बसेको भिडियाे अहिले भाइरल भइरहेकाे छ ।
📹Vladimir Putin got behind the wheel of the brand new Aurus Russian luxury car to give Kim Jong-un a ride pic.twitter.com/7oewjCD9Ij
— Sputnik (@SputnikInt) June 19, 2024
कस्तो छ उक्त लक्जरी कार ?
आउरूस सिनेट रसियाका राष्ट्रपतिको आधिकारिक स्टेट कार हाे । यसलाई रूसको अग्रणी कार निर्माता कम्पनी आउरूस मोटर्सले सेन्ट्रल साइन्टिफिक रिसर्च अटोमोबाइल र अटोमोटिभ इन्जिन इन्स्टिच्युटकाे सहकार्यमा बनाइएकाे हाे । पुटिन स्वयंम याे कार प्रयाेग गर्छन् ।
यो पूर्ण आकारको लक्जरी लिमोसिन कार हो, जसलाई रुसको रोल्स रोयस पनि भनिन्छ। यसको फ्रन्ट लुक अर्थात् ग्रिलको डिजाइन रोल्स रोयस कारसँग मिल्दोजुल्दो छ । यसअघि फेब्रुअरीमा पनि पुटिनले किम जोङलाई अर्स लिमोजिन कार उपहार दिएका थिए । अर्थ अब किमसँग त्यस्ता दुईवटा कार छन् ।
यस कारमा ४.४ लिटर क्षमताको ट्विन टर्बो भी८ इन्जिन प्रयोग गरिएको छ, जसले ५९० बीएचपीको पावर जेनेरेट गर्छ । यसको इन्जिनको पावर आउटपुट भारतीय बजारमा बिक्री हुने टोयोटा फर्च्युनरको भन्दा झण्डै दोब्बर छ । यो कारको विकासमा जर्मन कार कम्पनी पोर्शले पनि सहयोग गरेको बताइएको छ ।
अन्य सरकारी गाडीजस्तै यो कारमा पनि बख्तरबन्दी भएको मानिन्छ । जसमा गोलीबा र बम विष्फोट सहन सक्ने क्षमता रहेकाे बताइएकाे छ । एडभान्स ड्राइभिङ असिस्टेन्स सिस्टमका साथसाथै यो कारमा आपतकालीन ब्रेकिङ सिस्टम, आपतकालीन कल सपोर्ट, ८ मोडसहितको ब्याक एलईडी लाइटिङ, वायरलेस फोन चार्जर जस्ता सुविधाहरू उपलब्ध रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

