प्रहरी जवान करिश्मा मृत्यु प्रकरण : आफन्त कुर्दै प्रहरी


काठमाडौं – जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

झुण्डीएको अवस्थामा शौचालयमा भेटिएको सुनारको शव पोष्टमार्टमका आफन्त आएपछि मात्रै हुने सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए ।

प्रजिअ दाहालका अनुसार आफन्त आइनपुगेकाले सौचालयको ढोका समेत खोलिएको छैन । आफन्त आइपुग्न लागेको जानकारी पाएको बताउँदै त्यसपछि मात्रै अन्य प्रक्रिया अगाडी बढ्ने उनले बताए ।

मृतक प्रहरी जवान करिश्मा उनी बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया