खैरो हेरोइनसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ


पर्सा – प्रहरीले पर्साको वीरगन्जबाट लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय मोहमद नेजामुदिन सिद्धकी छन् ।

सिद्धकीको साथबाट १०२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतीय नम्बरको इलेक्ट्रिक गाडीमा खैरो हेरोइन बोकेर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

सिद्धकीविरुद्ध प्रहरीले लागूऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया