सुदूरपश्चिममा मन्त्री सिफारिसप्रति माओवादीभित्रै किचलो, नियुक्ती रोक्न ५ सांसदको पत्र


काठमाडाैं- सुदूरपश्चिममा नेकपा माओवादीबाट सुदूरपश्चिम सरकारमा मन्त्री बन्नेहरुकाे नाम बाहिर आएसँगै पार्टीभित्र विवाद आएको छ ।

संसदीय दलभित्र कुनै सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् ।

संसदिय दलमा सभामुख बाहेक माओवादी केन्द्रका १० सांसद छन् । पाँचजना मन्त्री सिफारिसमा असन्तृष्ट देखिएपछि निर्णय गर्न मुख्यमन्त्री दबाबमा पर्ने देखिएका छन् ।

आज बिहान ११ बजे दलको बैठक आह्वान गरेर मन्त्री सिफारिस गर्ने सल्लाह भएको तर दलको बैठक स्थगित गरेर मन्त्रीको नाम दिएको उनीहरुको दाबी छ ।

माओवादीबाट ओमविक्रम भाट ‘सरल’, अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिस गरिएको थियाे ।

प्रतिक्रिया