गिरिबन्धुको फाइल खोल्न शर्माले दिए गृहमन्त्रीलाई चुनौती


काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गिरिबन्धु टी स्टेटको फाइल खोल्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चुनौती दिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणमाथि छानविन गर्न गृहमन्त्रीसँग माग राखेका हुन् । उनले कांग्रेसमाथि आरोप लगाउने प्रयास गरेको बताउँदै उक्त प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।

नले भने- ‘सत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर कमिसन खायो भनेर भन्नुभएको विषयमा गृहमन्त्री ज्यू के तपाइँ फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न तयार हुनुहुन्छ ? म जान्दछु, खोल्न होइन बोल्न पनि उहाँ सक्न्नु हुन्न । भन्न सक्ने भए शिक्षामन्त्रीज्यु उपरको शब्द फिर्ता लिनुस पूर्व प्रधानमन्त्री ज्यू भनेर दमदार ढंगले भन्न सक्नु हुन्थ्यो, नम्रता पूर्बक पनि भन्न सक्नुहुन्थ्यो ।’

 

प्रतिक्रिया