आइतबारका लागि सारियो मोदीको शपथ


नयाँदिल्ली- नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा आइतबार  शपथ लिने भएका छन् । शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित भएको सुझाव आएपछि मोदीले यो निर्णय लिएका हुन् । तर मोदीको सचिवालयले अहिलेसम्म औपचारिक घोषणा गरिसकेको छैन ।

यस्तै लोकसभामा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा अझै भागबन्डा मिल्न बाँकी रहेको अवस्थामा शनिबार हुने भनिएको शपथ आइतबारलाई सारिएको बताइएकाे छ ।

मोदीले बुधबार मात्रै नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई शनिबार शपथ लिन लागेको भन्दै निम्ता दिएका थिए ।

 

 

प्रतिक्रिया