खाटबाट खसेर १६ महिनाको बालकको मृत्यु


काठमाडौं – भक्तपुर नगरपालिका–१ कमलविनायकमा खाटबाट खसेर १६ महिने शिशुको मृत्यु भएको हो ।

कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार बालकको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

उनी खेल्ने क्रममा खाटबाट भुँईमा खसेर गम्भीर घाइते भएका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया