दाङमा शिकार खेल्न जाँदा भरूवा बन्दुक पड्किएर मृत्यु


दाङ – दाङमा शिकार खेल्न जाँदा भरूवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–६ अरावरा बस्ने २७ वर्षीय प्रकाश बुढा मतवला छन् ।

प्रकाश बुढा र सोही ठाउँ बस्ने ३० वर्षीय बल बहादुर गिरी जुरापानी सामुदायिक वनस्थित खयरभट्टी जंगलमा शिकार खेल्न जाँदा प्रकाश बुढाले बोकेको बन्दुक पड्किँदा मृत्यु इलाका प्रहरी कार्यालय खाँग्राले जनाएको छ ।
बल बहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया