बलात्कार गरेको आरोपमा मोरङ र चितवनमा दुई जना पक्राउ


काठमाडौं – बलात्कार गरेको आरोपमा मोरङ र चितवनमा दुई जना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाईबलात्कार गरेको आरोपमा मोरङको बेलबारी नगरपालिका–२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै चितवनमा ३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा सिरानचोक गाउँपालिका–३ बस्ने २१ वर्षीय बिबश सापकोटालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–१ स्थित स्वस्तिका होटल एण्ड लजमा बसेकी ती महिलालाई बिबशले कोठामा प्रवेश गरी बलात्कार गरेको सुचनाका आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया