पाैने ४ करोडको कोकिनसहित अन्तराष्ट्रिय गिरोहकी सदस्य अपुला पक्राउ


काठमाडौं – लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अवैध लागूऔषध कारोबारमा संलग्न अन्तराष्ट्रिय गिरोहकी सदस्यलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कंगोकी नागरिक अपुला एकुत्शु म्बोंगो रहेकी छन् । दुवईबाट काठमाडौं आएकी म्बोंगोलाई १ केजि १०१ ग्राम लागूऔषध कोकिनसहित ब्यूरोले पक्राउ गरेको हो ।

म्बोंगोलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पिछा गरी काठमाडौं महानगरपालिका १७ ठमेल स्थित एक होटेलबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनलेको गतिबिधी शंकास्पद लागि खानतलासी गर्दा निजको ह्‍याण्ड ब्याग भित्र प्लाष्‍टिकको झोलामा लुकाई छिपाई राखिएका ८५ वटा प्लाष्‍टिकले र्‍यापिङ गरिएका क्याप्सुलहरु फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा बरामद गरिएका क्याप्सुलहरु म्बोंगोले पेट भित्र निलेर ल्याएको खुलेको ब्यूरोका एसपी रामेश्वर कार्कीले बताए ।

म्बोंगोविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि लागूऔषध मुद्दामा अनुसन्धान भईरहेको छ ।

म्बोंगोको साथबाट बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८५लाख रहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया