कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ


कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

शुक्लाफाँटा नगरपालिका–५ वनसमिती स्थित होटलमा खान तलासी गर्दा शुक्लाफाँटा नगरपालिका–९ सिसैया बस्ने २७ वर्षीय शैलेन्द्रबहादुर सिह र भीमदत्त नगरपालिका–१ घर भएका होटल संचालक राजेन्द्र पाण्डे पक्राउ परेका हुन् । यी दुबै जनालाई ४.५५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

यस्तै भीमदत्त नगरपालिका–९ मटेनाबाट बेदकोट नगरपालिका–८ गैलनदी बस्ने २१ वर्षीय प्रकाश टेर लागूऔषधसहित पक्राउ परेका छन् । टेरलाई ४.०७ ग्राम खैरो हेरोईन, प्रिगाबालिन १० ट्याबलेट र लिकुफ १० ट्याबलेटसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

तिनै जनालाई नियन्त्रणमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले बताएको छ ।

प्रतिक्रिया