खैरो हिरोइन र अफिमसहित दुई जना पक्राउ


वीरगञ्ज – प्रहरीले लागु औषध खैरो हिरोइन र अफिमसहित वीरगञ्जकाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय समुन्द्र साह र २४ वर्षीय अमिर बानियाँ छन् ।

वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा प्रहरीले बा.प्र.०३–०२–प ९४५० नम्बरको स्कुटीलाइ चेकजाँच गरेको थियो । जाँचको क्रममा स्कुटीको सिटमुनी लुकाइ ल्याइएको लागु औषध खैरो हिरोइन १५१ ग्राम र अफिम १५४ ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

उनीहरुबिरुद्ध लागुऔषध सम्बन्धी कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको थापाले बताए ।

प्रतिक्रिया